काठमाडौंको काश्मिरी मस्जिदमा रमजानको उत्साह

काठमाडौँ । फागुन २३, इस्लाम धर्मालम्बीहरूको मुख्यपर्व रमजान अन्तर्गत नेपाली मुस्लिम समुदायले रमजानको पहिलो शुक्रबार आज मस्जिदमा भेला भएर नमाज पढेका छन् ।
काठमाडौं लगायत देशभरिका मस्जिदमा भेला भएर उनीहरूले नमाज पढेका हुन् । काठमाडौंको घण्टाघरमा रहेको काश्मिरी मस्जिदमा पनि आज ठूलो संख्यामा मुस्लिम धर्मालम्बीहरू नमाज पढ्न सहभागी भएका थिए ।
यो पर्वमा मुस्लिम धर्मालम्बीहरू एक महिनासम्म दिनभरी निराहार व्रत बसी नमाज पढ्ने गर्छन् । एक महिनासम्म चल्ने यो पर्वमा सूर्यादयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ ।
रमजानको महिना मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको महिनाको रूपमा मान्ने गरिन्छ । यो महिनामा रोजा बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ ।