एनपिएलः आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच खेल हुने

सहयात्रा टिभी

काठमाडौं । मंसिर १७, नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको खेलअन्तर्गत आज बुधबार विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टोलीबीच दिउँसो ४ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल हुनेछ ।


विराटनगरले पाँच खेल खेलेर ८ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । विराटनगर आजको खेलमार्फत स्थान सुधार्ने लक्ष्यमा छ । समान पाँच खेलबाट ४ अंक जोडेको लुम्बिनी लायन्स भने छैटौँ स्थानमा छ। प्लेअफ सम्भावना जिउँदै राख्न लुम्बिनीका लागि आजको खेल जित्नैपर्ने अवस्था छ । अहिलेसम्म सुदूरपश्चिम रोयल्सले प्रतियोगिताको प्लेअफमा स्थान पक्का गरेको छ । अब बाँकी तीन टोली प्लेअफ यात्रा सुरक्षित गर्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछन् ।

प्रकाशित : 3 December, 2025

प्रतिक्रिया दिनुहोस्