माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सुकुमवासीको प्रदर्शन 

सहयात्रा टिभी

काठमाडौं । जेठ १५ ,  सुकुमवासी व्यवस्थापनको माग राख्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चा नेपालको अगुवाइमा सिटी बजाउँदै माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरिएको हो ।

भूमिहीन सुकुमवासी र तथा अव्यवस्थित बसोवासीलाई विकल्पविना विस्थापित गरिएको भन्दै पीडितले गुनासो गरेका छन् । प्रदर्शनकारीले सिटी फुक्दै विभिन्न माग राखिएको प्लेकार्ड बोकेका थिए ।

 

प्रकाशित : 29 May, 2026

प्रतिक्रिया दिनुहोस्