सत्तारुढ दल रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
सहयात्रा टिभी
काठमाडौँ । जेठ २५, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । बैठक बिहान ९ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बस्ने रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उनका अनुसार बैठकमा संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट अध्यक्ष वा सभापतिसहित दुई जना सहभागी हुन आमन्त्रण गरिएको छ । सर्वदलीय बैठकको सूचनासहितको आमन्त्रणसहितको अनुरोध प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई पठाइसकिएको बताइएको छ ।
बैठकमा रास्वपा सभापति रवि लामिछानेले आफ्नो र परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण र यसबाट प्राप्त उपलब्धीका बारेमा दलहरुलाई जानकारी गराउने छन् । यस्तै, बैठकमा सदनमा जारी गतिरोधलगायत राजनीतिक विषयमा पनि छलफल हुनेछ ।
