संसद्को बैठक सुचारु, श्रमका सांसदहरू भने उठेर विरोध जारी

सहयात्रा टिभी

काठमाडौँ । जेठ२७,प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्य भएको छ । विपक्षी दलहरूले बुधबार सिंहदरबारमा सत्तापक्षसंगको छलफलपछि लामो समयको सदनको गतिरोध अन्त्य भएको हो ।

प्रतिनिधिसभामा पराष्ट्रमन्त्री शिशिर खनाललाई सदनमा बोल्न दिने र सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखसमक्ष आग्रह गर्ने निर्णय भएसँगै सदन चलेको हो ।

बैठकमा श्रम संस्कृतिका सांसदहरू भने उठेर विरोध जारी राखेका छन् ।

प्रकाशित : 10 June, 2026

प्रतिक्रिया दिनुहोस्