सलाहको गोलमा इजिप्टले लियो अग्रता
सहयात्रा टिभी
काठमाडौँ । असार ८, फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को खेलमा इजिप्टले न्यूजिल्यान्डविरुद्ध अग्रता लिएको छ ।

भ्यानकुभर बीसी प्लेस स्टेडियममा जारी खेलको ६७औं मिनेटमा गोल गर्दै इजिप्टले अग्रता लिएको हो । इजिप्टका लागि मोहम्मद सलाहले दोस्रो गोल गरेका हुन् । यसअघि ५८औं मिनेटमा इजिप्टका मोस्तफा जिकोले हेडरमार्फत गोल गर्दै टोलीलाई बराबरीमा फर्काएका थिए ।
पहिलो अग्रता भने न्यूजिल्यान्डले लिएको थियो । फिन सम्र्यानले १५औं मिनेटमा गोल गर्दै न्यूजिल्यान्डलाई अग्रता दिलाएका थिए । पहिलो खेलमा बराबरी खेलेका दुवै टोलीका लागि यो खेल अत्यन्त महत्वपूर्ण मानिएको छ । यो खेलको विजेताले नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउनेछ ।
