मलिक टिलम्यानले गोल गर्दै अमेरिकालाई दुई गोलको अग्रता

सहयात्रा टिभी

काठमाडौँ । असार १८, सहआयोजक अमेरिकाले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत बोस्निया तथा हर्जगोभिनाविरुद्धको खेलमा अग्रता दोब्बर बनाएको छ । सान फ्रान्सिस्को बे एरिया स्टेडियम जारी खेलको ८२औं मिनेटमा मलिक टिलम्यानले गोल गर्दै अमेरिकालाई दुई गोलको अग्रता दिलाएका हुन् ।

टिलम्यानले डिबक्सभन्दा केही बाहिरबाट फ्रिकिकमार्फत प्रहार गरेको बल सिधै बोस्नियाको गोलपोष्ट छिर्‍यो । यसअघि ४५औं मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका हुन् । अमेरिकालाई पहिलो अग्रता दिलाएका बालोगुन ६४ मिनेटमा रातो कार्ड खाँदै बाहिरिएपछि अमेरिका १0 खेलाडीमा सीमित छ ।

 

प्रकाशित : 2 July, 2026

प्रतिक्रिया दिनुहोस्