कैलालीमा घरको सिँढीमा युवती मृत भेटिइन्

सहयात्रा टिभी

काठमाडौँ । असार २०, कैलालीमा आफ्नै घरको सिँढीमा युवती मृत भेटिएकी छन् । कैलारी गाउँपालिका–५ पवेराकी अन्दाजी ३५ वर्षीया सजिना माँझी आफ्नै घरको सिँढीमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार शुक्रबार राति उनी घरको सिँढीमा मृत अवस्थामा भेटिएकी हुन् । घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ । मृत्युको कारण खुलेको छैन ।

 

प्रकाशित : 4 July, 2026

प्रतिक्रिया दिनुहोस्