संघीय सरकारका मन्त्रीहरूसँग गरे सुधाकर दलेलाले भेटवार्ता
सहयात्रा टिभी
काठमाडौं । कात्तिक २७, नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले संघीय सरकारका मन्त्रीहरूसँग भेटवार्ता गरेका छन् ।

शुक्रबार सिंहदरबार पुगेर दलेलाले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री खडक प्रसाद पौडेल, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भेटवार्ता गरेका हुन् ।
उनीहरूबीच भएको भेटवार्ताबारे जानकारी दिँदै काठमाडौंस्थित भारतीय दूतावासले मित्रता र सहकार्यका सम्बन्धहरूलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको बताएको छ ।
कनेक्टिभिटी, जनता–जनताबीचको सम्बन्ध र पर्यटन प्रवद्र्धन गर्ने विषयमा मन्त्री पौडेलसँग फलदायी विचार आदानप्रदान भएको दूतावासले जनाएको छ ।
त्यस्तै, पूर्वाधार विकास तथा कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप प्रगाढ बनाउने उपायहरूबारे छलफल भएको छ । बहुआयामिक साझेदारीलाई थप अगाडि बढाउन सँगै मिलेर काम गर्ने विषयमा मन्त्री लम्सालसँग छलफल भएको छ ।
