केपी ओली प्रचण्ड माधव नेपाल एमाले


समाधानको सुत्र–धैर्यता

सहयात्रा टिभी

प्रधानन्यायाधीश सुशीला कार्कीबिरुद्धको महाअभियोग प्रस्तावले राज्यका तीनवटै अंग ( कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ) बीच उत्पन्न द्वन्द्व समाधानतर्फ जाने देखिएको छ । न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले दिएको अन्तरिम आदेश अनुसार प्रधानन्यायाधीश सुशीला कार्की सर्वोच्चमा हाजिर हुनुभएको छ । उहाँले नियमित काम गरेपनि आफू इजलासमा बस्नु भएको छैन । आफू इजलासमा नबस्नुलाइ कार्कीले विवाद चर्काउन नखोजेको बुझिएको छ । यता, व्यवस्थापिका संसद्को बैठक पनि जेठ ४ गतेसम्म स्थगित भएको छ भने महाअभियोग प्रस्ताव र संसद्को विशेषाधिकारको मुद्दा पनि तत्कालका लागि थन्किएको छ । सभामुख ओनसरी घर्तीका अनुसार यो बिचमा सहमतिका लागि प्रयास हुनेछ ।
राज्यका तीनवटै निकायबीच ‘इगो वार’ सुरु भएकाबेला समाधानको सुत्र पनि फेला परेको छ । तीनवटै निकायबीच यो अवधिमा सामञ्जस्यता कायम गरी द्वन्द्व अन्त्य गर्नुको विकल्प छैन ।

प्रकाशित : 7 May, 2017

प्रतिक्रिया दिनुहोस्