केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भृकुटीमण्डपमा जारी नाडा अटो शोमा गाडी कर्जा प्योकजमा पनि आकर्षण

सहयात्रा टिभी

काठमाडौँ । भदौ २९, काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि जारी ‘नाडा अटो शो–२०२३’ मा नयाँ गाडीहरुमा मात्रै होइन, बैंक तथा वित्तीय संस्थाको लगानी प्योकजमा पनि आकर्षण देखिएको छ ।

गाडी खरिद गर्न चाहनेहरुलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाले आकर्षक अफर सहितको कर्जा योजना ल्याएका छन् ।

नेपाल राष्ट्र बैंकले विद्युतीय सवारीसाधनमाभन्दा इन्धनबाट चल्ने सवारीसाधनमा उपलब्ध गराउने कर्जामा कडाइ गरेको छ ।

सोहीअनुसार बैंकहरुले पनि विद्युतीय र इन्धनबाट चल्ने सवारी साधनका लागि फरक–फरक अफर ल्याएका छन् ।

बैंक तथा वित्तीय संस्थाको लगानीको हिसाबले अटोमोबाइल क्षेत्र सबैभन्दा पारदर्शी तथा कम जोखिमपूर्ण रहेको बैंकहरु नै बताउँछन् ।

तर, आर्थिक गतिविधि बढाउन योगदान दिए पनि उत्पादन, पूँजी निर्माण र आर्थिक वृद्धिमा सकारात्मक योगदान नदिएको भन्दै राष्ट्र बैंक अटोमोबाइलमा जाने कर्जामा अनुदार छ ।

 

प्रकाशित : 15 September, 2023

प्रतिक्रिया दिनुहोस्