फेरि सुनको मूल्यमा नयाँ रेकर्ड

सहयात्रा टिभी

काठमाडौँ । चैत ८, बिहीबार फेरि सुनको मूल्यमा ९ दिनपछि नयाँ रेकर्ड बनेको छ । एकै दिन मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेपछि हालसम्मकै उच्च भएको हो ।

बिहीबार तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँ सुनको मूल्य तय भएको छ । यसअघि बुधबार १ लाख २५ हजार २ सय रुपैयाँ थियो ।

फागुन २९ गते सुनको भाउले तोलामा १ लाख २६ हजार रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएकोमा सो रेकर्ड ९ दिनमै तोडिएको हो ।

चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ । अघिल्लो दिन तोलाको १ हजार ५२० रुपैयाँ रहेको चाँदी बिहीबार १ हजार ५५५ कायम भएको छ ।

 

 

 

प्रकाशित : 21 March, 2024

प्रतिक्रिया दिनुहोस्