एकै दिन ४४ दशमलव २२ अंकले बढ्यो शेयर

सहयात्रा टिभी

काठमाडौं । लगातार घटिरहेको शेयर बजार परिसुचक सोमबार एकै दिन ४४ दशमलव २२ अंकले बढेर १४ सय ३४ दशमलव ८० मा पुगेको छ ।

सोमबार राष्ट्रिय विमा संस्थानका साधारण र प्रवद्र्धक दुवै शेयरधनीले सबैभन्दा धेरै साढे ८ प्रतिशत कमाएका छन् । शतप्रतिशत बोनसपछि आइतबार मात्र मूल्य समायोजन भएको स्टान्डर्ड चार्टर बैंकको शेयर ७ प्रतिशत बढेर सबैभन्दा धेरै किनबेच भएको छ ।

होटल समूहको परिसूचक सबैभन्दा धेरै ५ प्रतिशत, लघुवित्त, बीमा र बैंकिङ समूहको परिसूचक क्रमशः ४ प्रतिशत, ३.७५, ३.५८ प्रतिशतको दरमा बढेको छ ।

सोमवार कारोबार रकमका आधारमा प्रमुख १० कम्पनीमा ६ वटा वाणिज्य बैंक समूहबाट रहेका छन् । कारोबार रकममा धेरै परिवर्तन नदेखिएपनि उच्च रहेको छ । यसदिन ४९ करोड ४३ लाख बराबरको सेयर कारोबार समेत भएको छ ।

कारोवार भएका मध्ये सबैजसो कम्पनीको शेयरको भाउ बढेकाले शेयर बजार बढेको हो ।

प्रकाशित : 1 January, 2018

प्रतिक्रिया दिनुहोस्