अबरुद्ध बीपी राजमार्ग खुल्यो

सहयात्रा टिभी

काभ्रे । काभ्रेमा सवारी दुर्घटनामा मारिएकी महिलाको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै बन्द गरीएको बीपी राजमार्ग आजबाट खुल्ला भएको छ ।

काभ्रे पात्लेखेतका स्थानीयले बिहानदेखि बन्द गरेको राजमार्ग नेपाल प्रहरीले बल प्रयोग गरेर खुलाएको हो । ‘बन्द खुलाउने क्रममा स्थानीयले अवरोध गर्न खोजेपछि पाँच राउन्ड अश्रुग्यास प्रहार गरिएको थियो ।

तीन दिनअघि बसको पछाडिको टायरमा किचिएर पात्लेखेतमा एक महिलाको मृत्यु भएको थियो। मृतकका परिवारले १२ लाख क्षतिपूर्ति मागेका थिए।

प्रकाशित : 2 January, 2018

प्रतिक्रिया दिनुहोस्