प्रदेश नम्बर ७ को राजधानी दिपायल हुनुपर्ने माग राख्दै डोटी बन्द

सहयात्रा टिभी

डोटी । प्रदेश नम्बर ७ को राजधानी दिपायल हुनुपर्ने माग राख्दै डोटीमा बुधबार बिहानैदेखि चक्का जाम भएको छ । आन्दोलनकारीले दिपायलको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारका विभिन्न ठाउँमा बिहानैदेखि टायर बालेर बन्द गरिरहेका छन् । बन्दका कारण सिलगढी, बाजुरा तथा अछामबाट तराईका लागि छुटेका सवै गाडी विच बाटोमा नै रोकिएका छन् ।

राजधानी माग गर्दै संघर्ष समितिले एकहप्तादेखि शान्तिपूर्ण र्‍याली आयोजना गर्दै आए पनि त्यसको सुनुवाई नभएको र राजधानी धनगढीका लागि सिफारिस गरिएको भन्दै त्यसको विरोधमा बन्दको आह्वान गरेका हुन् ।

प्रकाशित : 3 January, 2018

प्रतिक्रिया दिनुहोस्