एमाले र माओवादी केन्द्रको संयुक्त बैठकले दियो संयुक्त कार्यदलाई यस्तो निर्देशन :

सहयात्रा टिभी

काठमाडौं–ओली निवास बालकोटमा बसेको संयुक्त बैठकले राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन, प्रदेश सरकार र संसदको जिम्मेवारीबारे गृहकार्य गर्न संयुक्त कार्यदललाई निर्देशन दिइएको छ ।
बैठकमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संयुक्त रुपमा निर्देशन दिएको हो ।
बैठकमा ओली र प्रचण्डले कार्यदलले काम गर्ने कार्यविधि र कार्यदेशका बारेमा दिशानिर्देश गरेको प्रचण्डका प्रेस संयोजक मनहरि तिमल्सिनाले जानकारी दिए ।
स्रोतका अनुसार कार्यदलले राष्ट्रिय सभाको निर्वाचनमा साझा उम्मेद्वार, प्रदेश सरकारको गठन, प्रदेशको मूख्यमन्त्री, सभामूख लगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा रिपोर्ट पेश गर्नेछ।

रिपोर्ट तयार पार्दा दुवै दलले प्राप्त गरेको जनमत, व्यक्तिको व्यक्तित्व र योगदान, पार्टी एकताको स्प्रीड र सन्तुलनलाई अधार बनाइने कार्यदलका सदस्य वर्षामान पुनले जानकारी दिए ।
कार्यदलमा रामबहादुर थापा बादल, सुवास नेम्वाङ, वर्षामान पुन, शङ्कर पोखरेल, सुरेन्द्र पाण्डे र मातृका यादव सदस्य रहेका छन् ।

प्रकाशित : 10 January, 2018

प्रतिक्रिया दिनुहोस्