सरकारले सत्ता लम्ब्याउन खोजेको ओलीको आरोप

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिलेको सरकार सत्ता लम्ब्याउन लागिपरेको आरोप लगाउनुभएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्नेक्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै तत्काल सरकार हस्तान्तरण गर्नु पर्नेमा जोड दिनुभएको छ ।
अहिले सरकार चुनावै नभएजस्तो गरी सत्तामा बसिरहेको र पहिला राष्ट्रिय सभा अध्यादेश भनेर अड्काइयो, अहिले प्रदेशको राजधानी भनेर सत्ता तन्काउन खोजिएको ओलीको आरोप छ ।
उनले प्रधानन्याधीश गोपाल पराजुलीको बर्खास्तगी माग गरेर अनसन बस्दा अदालतको अपहेलना मुद्दा झेलिरहेका डाक्टर गोविन्द केसीलाई पनि यही विषयमा जोडेर ब्यंग्य गरे ।
किड्नी फेरेकाले आफू नियमित रूप परीक्षण गर्न बैंकक जान लागेको ओलीले बताए।
उनी सोमबार स्वदेश फर्कने छ ।