राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

सहयात्रा टिभी

काठमाडौँ — माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको तालिका अनुसार सबै प्रदेशका उच्च अदालत रहेका स्थानमा मतदान हुने छ । आजको कान्तिपुर दैनिकमा खवर छ ।

मतदानको समय भने बिहान १० देखि ३ बजेसम्म तोकिएको छ।राष्ट्रियसभा सदस्य निर्वाचनमा २ हजार ५६ जनाले मतदान गर्न पाउनेछन्। मतदान सकिएकै दिन दिउँसो ४ बजेबाट मतगणना सुरु गरिने आयोगले जनाएको छ।

तालिका अनुसार
माघ ७ गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामवली प्रकाशन, प्रकाशित नामावली उपर दाबी विरोधको उजुरी दिने
माघ ८ र ९ गते उजुरी उपर छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्ने
माघ १० गतेमनोनय पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने
माघ ११ र १२ उम्मेदवारको विरोधमा उजुरी दिने
माघ १३ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने
माघ १४ र १५ गते उम्मेदवारले नाम फिर्ता लिने
माघ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने

कुन प्रदेशमा कति मतदाता 

राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यक तथा अन्य तीन जनासहित ८ जना चुनिने संवैधानिक प्रावधान छ । त्यसबाहेक सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक महिलासहित तीन जना राष्ट्रिय सभामा मनोनीत हुनेछन् । राष्ट्रिय सभा सदस्यको निर्वाचक मण्डलमा प्रदेशसभाका सदस्य तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख छन् ।

प्रकाशित : 11 January, 2018

प्रतिक्रिया दिनुहोस्