माओवादी केन्द्रका मन्त्रीहरुले सामूहिक राजीनामा दिदै
काठमाडौं । पुस २७– शेर बहादुर देवा नेतृत्व सरकारमा रहेका नेकपा माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीहरुले सामूहिक रुपमा राजीनामा दिने भएका छन् ।
विनाविभागीय मन्त्रीको हैसियतमा रहेका माओवादी मन्त्रीहरुले गिरिराजमणि पोख्रेलको नेतृत्वमा राजीनामा बुझाउने तयारी गरिरहेको विनाविभागीय मन्त्री जर्नादन शर्माले बताउनुभएको छ ।
नेता कृष्णबहादुर महरा राजधानी बाहिर रहेकाले मन्त्री पोख्रेलको नेतृत्वमा सम्भवत आजै साँझ राजीनामा बुझाउने तयारी भएको शर्माले जानकारी दिनुभयो ।
गत जेठमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्माण भएको सरकारमा नेता महराको नेतृत्वमा माओवादी मन्त्रीहरु सहभागी भएका थिए ।
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरुलाई विनाविभागीय जिम्मेवारी दिएका थिए ।