काँग्रेस भित्र केन्द्रदेखि स्थानीय तहसम्म असन्तुष्टि बढ्दै

सहयात्रा टिभी

काठमाडौ । पुस २७–निर्वाचनमा पराजयपश्चात पाटिभित्र केन्द्रदेखि स्थानीय तहसम्म असन्तुष्टि बढ्दै गएको छ ।
पराजयको समीक्षा गर्न बैठकको माग गर्दै आएका नेता तथा कार्यकर्ताको आवाजलाई नेतृत्वले बेवास्ता गरेको भन्दै स्थानीय नेतृत्वदेखि गुट–उपगुटको कोठे बैठकमा नेतृत्वको कडा आलोचना हुन थालेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको एक महिना बितिसक्दा पनि नेपाली कांग्रेसले चुनावी समीक्षा गर्न सकेको छैन ।

स्रोतका अनुसार स्थानीय तहदेखि केन्द्रीय नेताहरुलेसमेत चाँडो समीक्षा बैठक बोलाउन माग गरेपनि नेतृत्वले वेवास्ता गर्दा पार्टीभित्र नेतृत्वप्रति चर्को आलोचना हुन थालेको हो ।

प्रकाशित : 11 January, 2018

प्रतिक्रिया दिनुहोस्