पाटि एकताको लागि अमरण अनसन बस्ने कुनै योजना छैन : रञ्जित तामाङ
सहयात्रा टिभी
काठामाडौ । माघ–१ वाम एकता हुनेकी नहुने भनरिहेको वेला नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनका अध्यक्ष रञ्जित तामाङले पार्टी एकता बिचार, सिद्धान्त, संगठन र भावनात्मक एकताका आधारमा सह अस्तित्व सहित सम्मानजनक एकता हुनुपर्नेमा जोड दिएका छन् ।
पाटि एकता विचार र सिद्धान्तमा रहेर एकता हुनपर्नेमा जोड दिदै आफू एकताको लागि आमरण अनसन बस्ने कुनै सोच र योजना नभएको बताए ।
उनले भने ‘दुबै पार्टी नेतृत्वलाई मात्र के भन्न उपयुक्त सम्झन्छु भने , जनताको जनादेश, जनचाहना, कार्यकर्ताको मनोबिज्ञान र राष्ट्रको आवस्यकता बोध गरेर उचित र सही निर्णय लिन समेत आग्रह छ ।’
केही दिन अघि अनेरास्ववियु र अखिल क्रान्तिकारीका अध्यक्ष नविना लामा र रञ्जित तामाङ पाटि एकता नभए संयुक्त रुपमा आमरण अनसन बस्ने कुरा बाहिर आएको थियो ।