=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


सरकारले आज प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्दै

सहयात्रा टिभी

काठमाडौं । सरकारले आज सात प्रदेशका प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने भएको छ । आज दिउँसो साढे ४ बजेपछि बस्ने मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख तोक्नुका साथै प्रदेशको कार्य सञ्चालन गर्ने गरी अस्थायी केन्द्र तोक्न लागेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । निर्वाचन आयोगले बिहीबारसम्ममा प्रदेश प्रमुख नतोके आउँदो २४ गतेका लागि तोकिएको राष्ट्रियसभा चुनाव प्रभावित हुने चेतावनी दिएपछि सरकारले मंगलबार नै प्रदेशप्रमुख र अस्थायी केन्द्र तोक्ने तयारी गरेको हो ।

राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने बताउँदै आए पनि सहमति जुट्न सकेको थिएन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रदेश प्रमुखमा पूर्वसचिव एवं निर्वाचन आयोगका पूर्वआयुक्त दोलखबहादुर गुरुङ, मोहनराज मल्ल, अनुराधा कोइराला, रत्नेश्वरलाल कायस्थ, उमाकान्त झा, दुर्गाप्रसाद खनाल लगायतलाई सिफारिस गर्ने गरी प्रस्ताव तयार भएको स्रोतले बताएको छ ।

राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पु¥याएका र कुनै विवादमा नपरेका व्यक्तिलाई प्रदेश प्रमुख बनाउने सरकारको तयारी रहेको छ । यस्तै, सरकारले संविधानको धारा २८८ को उपधारा ३ बमोजिम प्रदेशको तत्काल कार्य सञ्चालनका लागि अस्थायी केन्द्र तोक्न लागेको छ ।

प्रकाशित : 16 January, 2018

प्रतिक्रिया दिनुहोस्