=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


प्रदेशप्रमुख नियुक्तिमा सकस

सहयात्रा टिभी

 

काठमाडौं । माघ–२ चुनाव सकिएको डेढ महिना भईसक्दा पनि औपचारिक रुपमा चुनावको नतिजा आइसकेको छैन । एकतिर बामगठबन्धनले सत्ता लम्ब्याउन प्रधानमन्त्री देउवाले जानी जानी धेरै प्रकृया रोकेको आरोप लगाइ रहेका छन् भने अर्को तर्फ प्रधानमन्त्री देउवा जिम्मेवारी पुरा हुने वित्तिकै सत्ता हस्तान्तरण गर्ने दावी गर्दै आइ रहेकाछन् । आज मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले र माओवादी नेताहरुसँग छलफल गरेका छन् ।

 

 

 

 

 

 

 

 

 

 

यहि विषयमा संवादका लागि निर्वाचन आयोगले पनि आज प्रमुख पाँच दललाई बोलाएको छ । आयोगले प्रदेश प्रमुख नियुक्तिमा भएको ढिलाई, त्यसले पार्ने प्रभाव, राष्ट्रिय सभा निर्वाचनको विधि र अन्य संवैधानिक तथा कानुनी जटिलतावारे छलफलका लागि दललाई बोलाएको हो । विभिन्न कानुनी जटिलता देखाएर समानुपातिक तर्फको नतिजा रोकेर राखिएकोले गर्दा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव भएको ४० दिन वितिसक्दा पनि प्रतिनिधीसभा र प्रदेशसभाले पूर्णता पाएका छैनन् ।

निर्वाचन आयोगले पुस २१ गते नै प्रदेशसभा तर्फको समानुपातिक नतिजा तयार पारेता पनि सरकारले प्रदेश प्रमुख नतोक्दा रोकिएको प्रकृया अझ अलमलमा परेको छ । प्रदेशसभाको सम्पूर्ण नतिजा घोषणा भएको सात दिनभित्र आयोगले निर्वाचन परिणाम प्रदेश प्रमुखसमक्ष बुझाउनुपर्ने व्यवस्था छ ।

आज बस्ने भनिएको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने सम्भवाना रहेको छ । हिजो मात्र प्रधानमन्त्रीले तीन दिनभित्र प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोकिने बताएका थिए ।

प्रकाशित : 16 January, 2018

प्रतिक्रिया दिनुहोस्