मन्त्रीपरिषदको बैठक स्थिगित : प्रदेश प्रमुख कहिले नियुक्ति गर्ने ?

सहयात्रा टिभी

काठमाडौं । माघ–२ आज ४ बस्ने भनिएको मन्त्रीपरिषद बैठक भोलिका लागि स्थगित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेताहरुसँग गरेको झण्डै चार घण्टा लामो छलफलपछि आजका लागि हुने भनिएको मन्त्रिपरिषद बैठक स्थगित गरेका हुन् । बैठक भोलि बिहान बस्ने प्रधानमन्त्रीका स्वकिय सचिव भानु देउवाले जानकारी दिए ।

यसै गरी प्रधानमन्त्री शेरबहादुर देउवाले सहमतिमै प्रदेश प्रमुख नियुक्ति गर्न संसदमा प्रतिनिधित्व गरेका प्रमुख ५ दलसँग नामावली मागेपनि एमालेले नाम नपठाउने भएको छ ।

एमाले नेता प्रदीप ज्ञवालीले प्रदेश प्रमुख नियुक्तिका सम्बन्धमा प्रधानमन्त्रीले औपचारिक छलफलका लागि आफुहरुलाई
प्रमुख नियुक्त गर्ने भन्दै दलहरुसँग औपचारिक ÷अनौपचारिक कुराकानी गरेको बताउँदै आएका थिए । तर, यस विषयमा यसअघिको सर्वदलीय बैठकमै बाम गठबन्धनले आफ्नो कुनै क्रिया–प्रतिकृया नरहने जनाएको थियो ।
त्यसयता दलहरुवीच यसबारे औपचारिक छलफल भने भएको छैन ।

प्रधानमन्त्री देउवाले आजै मन्त्रिपरिषद बैठक बोलाएर प्रदेश प्रमुख नियुक्ति गर्ने तयारी गरेका थिए । जसमा दलहरुवीच सहमति भए सहमतिमै र नभएपनि राजपा, फोरम र कांग्रेसका तर्फबाट प्रदेश प्रमुख नियुक्त गर्ने देउवाको तयारी थियो ।

एमालेले प्रकृयामै सहभागिता नजनाउने भएपछि देउवाले दोस्रो बिकल्प रोज्नुपर्ने बाध्यता छ । श्रोतका अनुसार नेपाली कांग्रेसले अनुराधा कोइरालालाई प्रदेश प्रमुखको जिम्मेवारी दिने लगभग निश्चित भएको छ ।
कोइरालालाई कांग्रेस नेता बालकृष्ण खाडले सिफारिस गरेका हुन् ।

प्रकाशित : 16 January, 2018

प्रतिक्रिया दिनुहोस्