आज काठमाडौँ महानगरपालिकामा बिदा

सहयात्रा टिभी

काठमाडौं । पुष १, काठमाडौँ महानगरपालिकामा आज (पुस १ गते) शोक बिदा दिएको छ । महानगरका पूर्वप्रमुख पिएल सिंहको निधन भएपछि महानगरले सूचना प्रकाशन गर्दै बिदा दिने निर्णय गरेको हो । महानगरले अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा बन्द हुने समेत जनाएको छ ।

सिंहले वि.सं. २०५२ मङ्सिर २९ गते महानगरपालिका घोषणा गरर महानगरलाई योगदान पुर्‍याएको भन्दै उनको सम्मानका लागि आज बिदा दिने गरी महानगरपालिका र मातहतका कार्यालयहरूमा जानकारी दिएको छ ।

प्रकाशित : 16 December, 2024

प्रतिक्रिया दिनुहोस्