सरकारले गरेको प्रदेश प्रमुख नियुक्तिको निर्णय प्रति समत छैन : ओली
सहयात्रा टिभी
काठमाडौं । माघ–४ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेका प्रदेश प्रमुख र अस्थायी राजधानीमा आफूहरुको सहमति नरहेको बताउनुभएको छ ।
बैंककमा स्वास्थ्य परीक्षण गरेर बिहीबार स्वदेश फर्किएका ओलीले आफ्नो स्वास्थ्य ठिक रहेको बताउदै सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न सरकारलाई सहमति दिएको तर, व्यक्ति र स्थानमा सहमति नरहेको बताउनुभएको हो ।
सरकारले ढिलै भएपनि अस्थायी मुकाम तोकेर अप्ठ्यारो फुकाएको भन्दै एमाले अध्यक्ष ओली प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभालाई भएको बताउनुभयो। अनुकुलता, आवश्यकता र सम्भावनालाई हेरेर उपयुक्त निर्णय गर्छ गर्ने पनि उहाँले बताउनुभएको छ ।