यसरी हुदै छ सपथ प्रहण

सहयात्रा टिभी

काठमाडौ । माघ–७ सातवटै प्रदेशसभाका ५५० सांसदहरुको शपथ ग्रहण सम्बन्धित प्रदेशको अस्थायी मुकाममा आज हुँदैछ । मूलुक संघीय प्रणालीमा गइसकेपछि नेपालको इतिहासमा आजदेखि प्रदेशहरुको गठन र कार्य औपचारिकरुपमा सुरु हुनेछ ।

प्रदेशका सांसदहरुले सपथ प्रहणपछि प्रदेशसभाको बैठक बस्ने, प्रदेशका सभामुख चयन गर्ने मुख्यमन्त्री र मन्त्रीहरुको चयन हुने, विभिन्न विधेयकहरु पारित हुने लगायतका कामहरु अगाडि बढ्नका लागि बाटो खुल्ने छ ।

प्रक्रियाहरु पूरा गर्न र विशेष गरी मुख्यमन्त्री चयन र प्रदेश सरकार गठनका लागि अझै केही साता लाग्ने छ ।

गत १० र २१ मंसिरमा गरी दुई चरणमा सम्पन्न प्रदेशसभा निर्वाचनबाट प्रत्यक्ष ३३० र समानुपातिकतर्फ २२० गरी कुल ५५० प्रदेश सांसदहरु निर्वाचित भएका थिए ।

सातवटै प्रदेश मुख्यालयमा फरक फरक समयमा सपथ ग्रहण कार्यक्रम राखिएको छ ।
७ वटै प्रदेशको सपथ कार्यक्रम यसरी हुदैछ

प्रदेश १ को सपथ विराटनगरस्थित वीरेन्द्र सभागृहमा हुनेछ ।

प्रदेश २ को सपथ ग्रहण समारोह जनकपुर उद्योग वाणिज्य संघको राजर्षि जनक हलमा हुनेछ ।

प्रदेश ३ मा बिहान ११ बजे सपथ ग्रहणको कार्यक्रम बनाइएको छ । मकवानपुरको हेटौंडास्थित क्षेत्रीय शिक्षा निर्देशनालयको सभाहलमा प्रदेश सांसदहरुको सपथ र पहिलो बैठक बस्ने छ ।

प्रदेश ३ की प्रमुख अनुराधा कोइरालाले जेष्ठ सदस्य ७२ वर्षीय डोरमणि पौडेललाई पहिले सपथ खुवाउने र त्यसपछि पौडेलले अन्य सांसदहरूलाई शपथ खुवाउने कार्यक्रम तय भएको छ ।

प्रदेश ४ को सपथ ग्रहण कार्यक्रम पोखरास्थित नगर विकास प्रशिक्षण केन्द्रमा रहेको प्रदेश सभाहलमा राखिएको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले आइतबार बिहान पदभार ग्रहणपछि सपथ ग्रहणको कार्यक्रम हुनेछ ।

प्रदेश ४ मा एमालेबाट नवलपरासीको बर्दघाट सुस्तापूर्व  (२ ‘ख’बाट निर्वाचित ६७ वर्षीय जनकलाल श्रेष्ठ ज्येष्ठ सदस्य छन् । जिल्ला प्रशासन कार्यालयको हलमा श्रेष्ठले प्रदेश प्रमुखबाट शपथग्रहण गरेलगत्तै नगर विकास प्रशिक्षण केन्द्रमा रहेको प्रदेश सभाहलमा उनले बाँकी सदस्यलाई शपथ खुवाउने कार्यक्रम तय भएको छ ।

प्रदेश ५ को सपथ ग्रहण कार्यक्रम बुटवलस्थित रूपन्देही व्यापार संघको सभाहलमा हुनेछ ।

प्रदेश ६ को सपथ ग्रहण समारोह बिहान ११ बजेपछि जिल्ला समन्वय समिति सुर्खेतको हलमा राखिएको छ ।

प्रदेश ७ को सपथ ग्रहण समारोह कैलालीको धनगढीस्थित जिल्ला समन्वय समितिको हलमा राखिएको छ ।

प्रकाशित : 21 January, 2018

प्रतिक्रिया दिनुहोस्