प्रदेश २ मा चार भाषामा सपथ ग्रहण
जनकपुर । माघ -७, प्रदेश नं. २ का निर्वाचित प्रदेशसभा सदश्यहरुले चार फरक भाषामा सपथ ग्रहण गरेका छन । त्यहाँका ज्येष्ठ निर्वाचित सदश्य लगनलाल चौधरीले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थसँग शपथ लिएपछि अन्य सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् । मातृभाषामा सपथ गर्न पाउने व्यबस्था भएपनि सपथ गरेको हस्ताक्षर बुझाउने लिपी नेपाली भाषामा हुनुपर्ने भनेपछि शुरुभएको विवाद सांसदहरुको विरोधपछि मातृभाषामै लेखिएको सपथ पत्रमा हस्ताक्षर गर्ने सहमति भएको थियो ।
प्रदेश २ मा मैथिली, भोजपुरी, हिन्दी र नेपाली भाषामा प्रदेश सदस्यहरुले सपथ ग्रहण गरेका थिए । नेपाली भाषामा २३, हिन्दीमा ११, भोजपुरीमा २५ र मैथिली भाषामा ४७ जना प्रदेश सदस्यले सपथ लिइरहँदा मधेशवादी दलका अधिकांश विधायकहरुले मैथिली, भोजपुरी र हिन्दीमा सपथ लिएका छन् भने कांग्रेस, एमाले र माओवादीका अधिकांश विधायकले नेपालीमा सपथ लिएका छन्।