इन्टरपोलमा सिलवाललाई पक्रिन सूचना राखेकोमा एमालेको आपत्ति

सहयात्रा टिभी

काठमाण्डौ । माघ -९, एमाले बाट ललितपुर क्षेत्र नम्ब र १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद पूर्व डिआइजी नवराज सिलवाललाई पक्राउ गर्न इन्टरपोलमा सूचना राखेकोमा नेकपा एमालेले कडा आपत्ति जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा बसेको एमाले स्थायी समिति बैठकले इन्टरपोलमा सूचना राखेकोमा सरकार र प्रहरीको कडा आलोचना गरेका छन् । नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले सोमबार डिफ्युजन नोटिस जारी गरेपछि उनी विश्वका सयभन्दा बढी देशका प्रहरीको खोजी सूचीमा परेका छन्।

बालकोटमा बसेको एमालेको स्थायी कमिटीको बैठकपछि जारी विज्ञप्तिको दोश्रो बुँदामा “ललितपुर– क्षेत्र नं १ बाट नेकपा (एमाले) का तर्फबाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित नवराज सिलवालविरुद्ध नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको भनी प्रकाशित समाचारप्रति बैठकको गंभीर ध्यानाकर्षण भएको छ।” भनिएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

photo: khabar chakra

 

 

 

प्रकाशित : 23 January, 2018

प्रतिक्रिया दिनुहोस्