=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


राष्ट्रिय सभा निर्वाचनमा नयाँ शक्तिले काँग्रेसलाई मत दिने

सहयात्रा टिभी

काठमाडौ । माघ–१० नयाँ शक्तिले अगामी २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश ३ का कांग्रेस उम्मेदवार राधेश्याम अधिकारीलाई समर्थन गर्ने भएको छ । नयाँ शक्तिले आज बिज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस, नयाँ शक्ति पार्टी र विवेकशील साझा पार्टीको बीचमा पटक–पटक छलफलबाट अधिकारीलाई सर्मथन गर्ने निर्णय भएको बताएको हो ।

विज्ञप्तिमा राष्ट्रियसभाको गरिमालाई बलियो बनाउने र विपक्षीहरुको सकारात्मक भूमिका र पहल कदमीलाई समेत संसदीय लोकतन्त्रको मान्यता अनुसार सुदृढ गर्ने अभिप्रायले नेपाली कांग्रेसका प्रदेश ३ का खुलातर्फका उम्मेदवार बरिष्ठ अधिवक्ता अधिकारीलाई समर्थन गर्ने र सोही अनुसार मतदान गर्ने निर्णय गरेको उल्लेख गरिएको छ ।

विवेकशील साझा पार्टीले पनि यसअघि विज्ञप्ति जारी गर्दै कांग्रेस उम्मेदवार अधिकारीलाई मतदान गर्ने बताएको छ ।

प्रकाशित : 24 January, 2018

प्रतिक्रिया दिनुहोस्