एउटा सपना
सहयात्रा टिभी
द्वारीका घिमिरे
जताततै ढुङ्गैढुङ्गा । रुखको साहारा नपाएर ढुङ्गैमाथि हुर्कन बाध्य लहराहरु । चञ्चल पखेटाहरु हल्लाउँदै दक्षिणबाट आएर जीवन नभेट्टाएपछि उराठ लागी पुनः दक्षिणतिरै फर्किरहेका चराहरुलाई नियाल्दै मनोज उकालो लागिरहेको छ । तल अविरल नदी बगिरहेको छ । उकालो हिँड्दा उसमा थकाई पटक्कै छैन । उसले गन्तव्य नियाल्न सकिरहेको त छैन तर उसको मगजमा बसेको गन्तव्यस्थलको रोमाञ्चक झझल्कोले उकालो, एकान्त, चराहरुको चिरबिर, सम्भावित नरभक्षी जनावर सबै बिर्साइदिएको छ । बाटोभन्दा अलिक पर अँध्यारो गुफामा गिद्धहरु कराएको आवाजले समेत उसको एकाग्रता भङ्ग गर्न सकेको छैन । कताकता उज्यालोको वीचमा आइरहेको मानिसहरुको आवाजमा उसले आफ्नो काल्पनिक गन्तव्य खोजिरहेको हुन्छ तर वरिपरिका माटो रहित पहाड, वनस्पती विनाका लहरा, पानी विनाका वालुवाले तुरुन्त उसलाई गन्तव्यस्थल पुगिनसकेको भान गराउँछ । त्यहाँ चहलपहल गरिरहेका मानिसहरु देखेर उसको दिमागमा सुक्ष्म हाँसोको तरङ्ग उठ्छ तर उसले थाहा पाउँदैन । अघि बढ्दै जाँदा बाटोमा आफ्ना अग्रजहरुलाई पनि त्यहाँ देख्दा उसमा आत्मीयताको भावनालाई कुनै निराकार वस्तुले छोपिदिन्छ । उसमा अघि बढ्न झन्झन् उर्जा दिने काम गर्छ । ऊ आफूले देखेका, चिनेका, पढेका, सुनेका मानिसहरुको जालोमा फस्न मानिरहेको छैन । अँध्यारो पहाडमा टाउको सिधा उठाएर हेर्दा निलो आकाशबाट प्रकाशको सञ्चार भइरहेको आभाष उसको अवचेतनले गरिरहेको छ । त्यही उज्यालो पहाडको चुचुरोमा अवस्थित सुन्दर वातावरणको कल्पनाले उसको गति पनि बढ्दै गइरहेको छ ।

ऊ धेरै माथि पुगिसकेको छ । लहराहरु भेटिन छाडिसकेकाले बाटो ठम्याउन गाह्रो भैसकेको छ । चराचुरुङ्गीका आवाजहरु गुञ्जन छाडिसकेका छन् । यस्तो भान भइरहेको छ कि सायदै त्यहाँबाट माथि मानिसहरुको चहलपहल भएको हुँदो हो । केही समय अघिसम्म त उराठलाग्दो भएपनि जीवनयुक्त यात्रा थियो तर अघि बढ्दै गएपछि चट्टानै चट्टानले ढाकिएको अँध्यारो पहाडमा टाउको सिधा उठाएर हेर्दा निलो आकाशबाट प्रकाशको सञ्चार भइरहेको आभाष उसको अवचेतनले गरिरहेको छ । त्यही प्रकाशद्वारा सिञ्चित उसको स्वप्ननगर नजिक नजिक कठिन मार्गको स्फूर्तिसाथ यात्रामा तल्लीन हुँदा उसको जिज्ञासा उतिउति बढ्दै गइरहेको बेलामा अचानक आत्तिएर दिमाग शुन�
प्रतिक्रिया दिनुहोस्
