सर्लाहीमा एकै रातमा ५ पसल लुटिए
सहयात्रा टिभी
सर्लाही । माघ १६, सर्लाही जिल्ला सदरमुकाममा चोरीको घटना बढ्दो क्रममा छन् । स्थानीय ब्यवसायीहरुका अनुसार विभिन्न व्यापारीले सञ्चालन गरिरहेका हार्डवेयर, कस्मेटिक, जुत्ता, किताब र फेन्सी पसल लगायत सोमबार रातीमात्र ५ वटा पसलमा चोरी भएको थियो । यसरी चोरी बढेपछि ब्यवसायीहरु त्रसित बनेका छन् । चोरीको शृङ्खला बढेपछि प्रहरीले केही संखास्पद ब्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
जिल्लाको सदरमुकाममै यसरी चोरी बढेपछि ब्यसायीले मंगलबार विहान बिरोधस्वरुप केहीबेर ब्यापार बन्द गरेका थिए र प्रशासनले चोरी हटाउन विशेष कदम चाल्ने आस्वासन दिए पछि उनीहरु ब्यापारमा फर्किएका छन् ।