विश्वकपमा चौधौँ गोल गर्दै मेस्सीले दिलाए अर्जेन्टिनालाई अग्रता
सहयात्रा टिभी
काठमाडौँ । असार ३, अर्जेन्टिनाका स्ट्राइकर लिओनल मेस्सीले विश्वकपमा १४ औँ गोल गरेका छन् । अल्जेरियाविरुद्ध जारी खेलको पहिलो हाफमा उनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् । उनले १६ औँ मिनेटमा गोल गरेका थिए ।

जर्सी नम्बर १० का यी दिग्गज खेलाडीले मैदानको बीच भागबाट बल नियन्त्रणमा लिँदै पेनाल्टी एरियामा अघि बढेका थिए । अल्जेरियाका गोलकिपर जिदानलाई छक्याउँदै देब्रे खुट्टाबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो । यस गोलअघि उनको गोल संख्या १३ थियो । उक्त संख्यालाई फ्रान्सका क्लेइन एम्बाप्पेले आजै मात्र तोडेका थिए । मेस्सीले गोल गरेपछि एम्बाप्पेको गोलसंंख्या मेस्सीसँगै बराबरी भएको छ ।
