कञ्चनपुरमा जुवाखालमा प्रहरीको छापा, ११ जना पक्राउ

सहयात्रा टिभी

काठमाडौँ । असार ३, कञ्चनपुरमा प्रहरीले जुवाखालमा छापा हानेर नगदसहित ११ जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१८ भगतपुरमा ४३ वर्षीय कृष्णप्रसाद चौधरीको घरमा जुुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


मंगलबार दिउँसोे चौधरीको घरमा जुवातास भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले छापा मारेर उनीसहित ११ जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले घटनास्थलबाट नगद ३३ हजार ८० रुपैयाँ र एक गड्डी तास बरामद गरेको जनाएको छ। पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : 17 June, 2026

प्रतिक्रिया दिनुहोस्