सीएनएनको रिपोर्टअनुसार, इरान पहिलेभन्दा धेरै शक्तिशली भयो

सहयात्रा टिभी

काठमाडौँ । असार ३, अमेरिका(इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्।

सीएनएनको रिपोर्टअनुसार, युद्धपछि इरान पहिलेभन्दा धेरै शक्तिशाली भएको छ। गुप्तचर एजेन्सीहरूको मूल्याङ्कन अनुसार, इरानले अब जतिबेला पनि होर्मुज स्ट्रेट बन्द गर्न सक्छ।

रिपोर्टसँग जानकार तीन स्रोतले बताएअनुसार युद्धपछि इरानसँग विश्वव्यापी अर्थतन्त्रलाई नोक्सान पुर्‍याउन सक्ने अर्को नयाँ र शक्तिशाली क्षमता थपिएको छ।

अमेरिकी अधिकारीहरू इरानले आणविक बमभन्दा प्रभावकारी हतियार प्राप्त गरेको विश्वास गर्छन् । ‘यदि आणविक वार्ता विफल भयो भने इरानले यमनका हुथी विद्रोहीहरूमार्फत बाब-अल-मन्देव स्ट्रेटमा पनि सङ्कट पैदा गर्न सक्छ। यस्तो अवस्थामा विश्वका दुई ठूला समुद्री व्यापार मार्गहरू एकैसाथ प्रभावित हुन सक्छन्,’ रिपोर्टमा भनिएको छ ।

अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले अमेरिका र इरानबीचको सम्झौताको आधार तीनवटा महत्त्वपूर्ण सिद्धान्तमा राखिएको बताएका छन्।

फक्स न्युजलाई दिएको अन्तर्वार्तामा उनले पहिलो सर्त इरानलाई आणविक हतियार बनाउने अनुमति नदिइने स्पष्ट पारे। दोस्रो सर्त होर्मुज स्ट्रेट खुला राख्नुपर्ने र तेस्रो सर्त सम्झौताको पालना गरेपछि मात्र इरानले आर्थिक लाभ पाउने रहेको छ।

 

 

प्रकाशित : 17 June, 2026

प्रतिक्रिया दिनुहोस्