अमेरिका–इरानबीचको सम्झौतापत्रमा सरिफले पनि हस्ताक्षर गरे
सहयात्रा टिभी
काठमाडौँ । असार ४, पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरानबीच सम्झौतापत्रमा मध्यस्थकर्ताका रूपमा हस्ताक्षर गरेका छन् ।

सरिफले ‘इस्लामावाद एमओयू’मा हस्ताक्षर गरेका हुन् । पाकिस्तानको प्रधानन्त्री कार्यालयका तर्फबाट बिहीबार जारी भिडिओमा सरिफ सम्झौतापत्रमा हस्ताक्षर गरिरहेका देखिन्छन् ।
यसअघि त्यो सम्झौताका दुई पक्ष अर्थात् अमेरिका र इरानले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सरिफले त्यसअघि सम्झौता तत्काल लागु हुने बताएका थिए ।
सरिफले एक्समा अगाडि लेखेका छन्, ‘मलाई यो कुुरा बताउँदा गर्व महशुस भइरहेको छ । अमेरिका र इरानबीच ऐतिहासिक इस्लामावाद एमओयू इलेक्ट्रोनिक रूपमा हस्ताक्षर भएको छ । यस सम्झौतामा दुवै देशका राष्ट्रपतिले हस्तक्षर गरेका छन् र मैले मध्यस्थताको हैसियतमा यसलाई मञ्जुरी दिएको छु ।’
दुवै सरकारले उच्च स्तरबाट सम्झौतापत्रमा हस्ताक्षर गर्नुले दुवै पक्ष संघर्षको समाधान वार्ताबाट निकाल्न गम्भीर रहेको देखिएको प्रधानमन्त्री सरिफले भनेका छन् ।
‘इस्लामावाद एमओयू तत्काल लागु हुनेछ । पहिलो कदम स्वरूप इरान तत्काल होर्मुज स्ट्रेल खोल्ने र अमेरिका तत्कालै नौसेनाको नाकाबन्दी हटाउनेछ,’ सरिफले एक्समा लेखेका छन् ।
प्रधानमन्त्री सरिफले अमेरिका र इरानका शीर्ष नेताप्रति आभार व्यक्त पनि गरेका छन् । यस्तै, यो काममा कतारको भूमिकाको पनि जानकारी दिएका छन् ।
सरिफले साउदी अरब, टर्की, इजिप्टका नेताले पनि सम्झौता गराउनमा योगदान रहेको भन्दै सराहना व्यक्त गरेका छन् ।
