केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रिय जनावर गाईको सम्मान अभियान ! ! ! भाग–१

सहयात्रा टिभी

सहायात्राटीभी : गाई, जसलाई हिन्दु धर्मावलम्वीहरुले पुजा गर्छन, भगवान ठान्छन् । नेपालको अन्तरिम संविधानमा गाईलाई राष्ट्रिय जनावरको रुपमा लेखिएको छ । गाईका बारेमा कसैले केहि नराम्रो कुरा गरेमा हिन्दुधर्मावलम्वीहरु उर्लिएरै जाइलाग्छन्, अनि गाई काटेमा र खाएमा त राज्यको कानुनले जेल सजाय नै तोकिदिन्छ । हिन्दुधर्मावलम्वी र देश दुवैका निमित्त गाई महत्वपूर्ण छ तर शरिरभरि चोट बोकि हाड र छालामा मात्र शास अल्झाएर उपत्यकाका सडकहरुमा भौतारिरहेका, भोक मेटाउन फोहोरको थुप्रोमा प्लास्टिक चपाइरहेका गाईलाई भने नत भगवान मान्नेहरुले देखेका छन्, नत राष्ट्रिय जनावर ठान्नेहरुले नै ।

काठमाण्डौं उपत्यकाका गल्लिहरुमा मात्र नभइ ठूला सडकहरु र ठूला शहरका विचमा पनि गाईका बथान बरालिएर हिँडिरहेको प्रत्येक दिन प्रत्येक यात्रामा देखिन्छ र भेटिन्छ । फोहोरको थुप्रोहरुमा मुख गाडेर खानेकुरा खोज्दै गरेका गाईहरुले केहि नपाएपछि प्लास्टिक चपाइरहेका घटनाहरु त अव सामान्य नै बनिसकेका छन् । कतिपय अवस्थामा विच सडकमा नै बसेको अवस्थामा पनि गाईहरु भेटिने गर्छन । यस्ता सडकमा भौतारिरहेका र आराम गरिरहेका गाईहरुलाई ट्राफिक प्रहरीले आफ्नो आँखाबाट छेउ लगाउनुबाहेक अरु कुनै व्यवस्था गरिएको देखिएको छैन् । जसले गर्दा सवारी दुर्घटना पनि बढिरहेको छ ।
उपत्यकामा भेटिने गाईहरुको अवस्था निकै दयनिय र अत्यास लाग्दो नै छ । यात्राका समयमा शरिरभरि घाउचोटका साथै झिँगा भन्किरहेका र घाउहरुमा किरा भन्किरहेको अवस्थामा गाईहरु भेटिन्छन् । यस्तो अवस्थामा भेटिएका गाईहरु देख्दा गाईलाई गौमाता मानेर पुजा गर्नुपर्छ भन्नेहरुसमेत नाक छोप्दै, गाईको छेउमा पिचिक्क थुक्दै हिडेको र गाई काट्नुहुँदैन, मार्नुहुँदैन भनि नीति नियम बनाउनेहरु पनि देखेको नदेखे झैँ गरि हिँडेको पनि सँगसँगै देख्न पाईन्छ ।
केहि समय अघि उपसभामुख राधिका तामाङले गाई काटेर खान पाउनुपर्छ भनिन् भनेर सामाजिक सञ्जालहरुमा निकै टिकाटिप्पणी गरिएको थियो । तर गाईलाई गौमाता मान्नेहरुले माता चौबाटोमा भौतारिरहेको दयनिय अवस्था भने किन देखिरहेका छैनन् ? कि हिन्दुधर्ममा आमालाई बाटो मै विजोग गराई राख्नुपर्छ त पक्कै भनेको छैन होला !
गाईको काटमार गरेको देख्ने राज्यले सडक अवरोध हुने गरि उपत्यकाका सडकमा भोक भोकै भौतारिरहेका गाईहरुलाई राज्यले देखदैन कि, नदेखे झै गरिरहेको छ ? मानव जाति दिनप्रतिदिन लोभि र पापी बन्दै गईरहेको छ । दुध दिने समयसम्म घरमा पाल्ने र जव दूध दिन छाड्छ, तव सडकमा वेवारिसे अवस्थामा गाईलाई छाडिदिन्छन् । राष्ट्रिय जनावर र गौमाता मान्ने अनि सडकमा अलपत्र अवस्थामा छाडिएका गाईको व्यवस्थापन गर्न नसक्नेहरुले कुन अधिकार प्रयोग गरेर गाईको वारेमा पूजा गर्छन् र वखान गर्दै हिड्छन् ? गाईको माया र सम्मान आफुले त नीति र वाणीहरुमा सिमित बनायौँ नै हामीले राष्ट्रिय जनावर भनेर मौखिक रुपमा सम्मान दिइने मात्रै काम गर्यौं, पुजाका नाममा तिहारको एक दिन गाईपूजामा गाई खोज्दै हिडेको नाटक नै भन्न मन लाग्छ, पूजा गरेजस्तो पनि गछौं, तर आज सडकमा अलपत्र छाडिएका गाईको अवस्था हेर्दा मानविय सोच नै दयानिय देखिन्छ । यसमा राज्यले ध्यान दिनु पर्छ कि पर्दैन ?
हामीले यहां चर्चा गरेको प्रसंगवाट गाईको वारेमा दुष्प्रचार गर्न खोजेको भने पक्कै होइन । केवल नीति र वाणीमा सिमित व्यक्ति र राज्यलाई व्यवहारमा उत्रन आह्वान गरेको मात्र हो । हामी बास्तममा नै गाईलाई माता, भगवान मान्छौँ भने घरमा पालिएका सुकिला गाईलाई मात्र होइन बाटोमा विजोग भइरहेका गाईलाई त्यो नर्कबाट मुक्त दिलाउँन पनि अग्रसर हुनुपर्छ, तव मात्र पुण्य मिल्छ, तव मात्र गाईलाई माता मानेको वास्तविकता झल्कन्छ ।

अहिले त विभिन्न गैह्रसरकारी संघसंस्थाले पनि जनावरको संरक्षणका लागि भनेर काम गरिरहेका पनि छन्, केवल देखिन्छ त यदाकदा एक दुइवटा भुस्याहा कुकुरको संरक्षणमा लागि परेका हुन् कि भन्ने जस्तो देखिन्छ । तर स्मरण रहोस सडकमा दुध दिन थाकेपछि छाडिएका गाईहरुको अवस्था पनि उत्तिकै दयानिय छ । गैह्रसरकारी संघसंस्थाको यता पनि ध्यान पुगे राम्रो । साथै, तपाई हामी व्यक्तिगत तवरवाट पनि त चाहेको खण्डमा केहि गर्न सक्छौं, गाईलाई सडकमा अलपत्र नछाड्नका लागि । हामी त्यस्ता लोभि पापी मानिसलाई सजग गराउन सक्छौं, दूध दिन समयसम्म पाल्ने अनि सडकमा छाडिदिने कृषकलाई समाजमा सार्वजनिक रुपमा उभ्याएर सचेत गराउन सक्छौं नि । त्यसैले व्यक्तिगत तवरवाट पनि हामी स्यमं पनि जागरुक होउन हुन्न र !

उपत्यकाका सडकमा भौतारिएका गाईको आफ्नै समस्या त छ नै तिनिहरुले सवारी चालक र यात्रुलाई समेत अवरोध पु¥याइरहेका छन् । गाई राष्ट्रिय जनावर हुदै हो, यसरी सडकमा जथाभावी छाडिएका गाईले सडक, टोल र समाज पनि दुषित बनाईरहेका छन् । यसरी अलपत्र छाडिएका गाईहरुलाई व्यवस्थित गर्नु राज्यको दायित्व र कर्तव्य दुवै हो ।

यो पनि पढ्नुहोस् 

 https://sahayatratv.com/?p=23263

https://sahayatratv.com/?p=23288

प्रकाशित : 9 July, 2018

प्रतिक्रिया दिनुहोस्