पेटभित्र औंठी राखेर प्रेमिकालाइ प्रस्ताव गर्ने अनौठा प्रेमी

सहयात्रा टिभी

एजेन्सी । प्रेम अभिव्यक्ति गर्ने शैली के हुन्छ ? एकछिन त तपाई पनि अकमक्क पर्नु भएको होला । यसो हेर्दा कविता, गीत, गजल, मुक्तककै साहाराबाट अक्सर मानिसहरुले प्रेम अभिव्यक्त गरेको पाइन्छ । अझ कतिपयले त सुन्दर फूल, बहुमूल्य उपहार यस्तै यस्तै माध्यमबाट प्रेम प्रकट गरिरहेका हुन्छन । आजभोलि त संचारको युगा, मोबाइल र इन्टनेटकासाथै समाजिक संजालका बिभिन्न माध्यमबाट पनि प्रेम अभिव्यक्त गरिन्छ । तर, यो सुन्दा तपाईलाइ हैरान हुनसक्छ कि कसैले प्रेमको प्रस्तावको राख्न पेटभित्र औंठी लुकायो । त्यो पनि पेटको घाउमा ।
रसियाका एक युवकले प्रेमिकालाई प्रस्ताव राख्नका लागि यस्तै अचम्मको तरिका अपनाएका छन् । उनले आफ्नो पेटभित्रको घाउमा औंठी लुकाएर आफ्नी नर्स प्रेमिकालाई प्रस्ताव राखेका हुन् ।
रसियाका काराचे–चर्केस रिपब्लिकका यी युवककी नर्स प्रेमिकाले उनको घाउबाट औंठी निकालिरहेको दृश्य उनका साथीले क्यामरामा कैद गरेका थिए । उनको घाउभित्र भएको वस्तु वास्तवमा औंठी भएको थाहा पाएपछि उनकी प्रेमिका भावविह्वल भएकी थिइन् । उनले तुरुन्त प्रेम प्रस्ताव स्वीकार गरेकी थिइन ।
ती युवकलाई कसरी चोट लाग्यो भन्ने कुरा नखुलाइएपनि स्थानीय मिडियाका अनुसार ती व्यक्तिले आफ्ना डाक्टरलाई उक्त औंठी घाउभित्र लुकाउन आग्रह गरेका थिए । त्यसपछि उनले प्रेमिकालाई घाउ ड्रेसिङ गर्नका लागि आग्रह गरे । ती युवकले आफ्नो प्रस्तावलाई अविस्मरणीय बनाउनका लागि यस्तो गरेको बताएका छन । उनले प्रस्तावका लागि गुलाबको फूलको बुकेसमेत ल्याएका थिए ।

प्रकाशित : 26 May, 2017

प्रतिक्रिया दिनुहोस्