त्यो कहाली लाग्दो दिन ..

सहयात्रा टिभी

बैशाख १२, २०७४ । विनाशकारी भूकम्प गएको आज दुइ वर्ष पूरा भएको छ ।
आजकै दिन गोरखाको बारपाकलाई केन्द्र बनाएर ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । दुईहजार बहत्तर साल बैशाख १२ गते गएको शक्तिशाली भूकम्पमा परी झण्डै नौ हजार मानिसको मृत्यु भयो । हजारौं घाइते भए, कैयौं अंगभंग भए, भौतिक संरचनाहरु खण्डहरमा परिणत भए । भूकम्प गएको एक वर्ष बितिसक्दा पनि परकम्पहरु आउने क्रम अझै रोकिएको छैन । भूकम्पबाट बिस्थापित भएका मध्ये धेरैजसो अझैपनि खुल्ला चौरमा पाल टाँगेर बस्न बाध्य छन । सरकारले पीडितलाइ राहत र भत्किएका सबै प्रकारका संरचनाका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरेपनि त्यसको काम प्रभावकारी हुन सकेको छैन । उल्टो प्राधिकरण राजनीतिक खेल मैदान बनेको छ । प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत फेरिएपनि कुनै काम अघि बढन सकेको छैन ।
धेरै पीडितले अझैपनि अनुदान नपाउ“दा आवास समेत निर्माण गर्न नसकेको गुनासो गरेका छन । भूकम्प लगत्तै दातृ निकायबाट अरबौं सहयोग रकम घोषणा भएपनि त्यो अझै प्राप्त हुन सकेको छैन । यसैबीच, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बजेट तथा जनशक्ति अभावमा पुनर्निर्माणको कामले गति लिन नसकेको जनाएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलले ४० प्रतिशत घर पुनर्निर्माण भइरहेको जानकारी दिनुभयो । भूकम्पको दुई वर्षमा ३४ अर्ब ५२ करोड रुपैया“ खर्च भएको उहाँले जानकारी दिनुभयो । पोखरेलले घर निर्माणको काम तीब्र गतिमा भइरहेको भन्दै यसका लागि रकम अभाव हुन नदिने बताउनुभयो । प्राधिकरणका सहप्रवक्ता भीष्म भुसालले नीजि आवास, शिक्षण संस्था, पुरातात्विक महŒवका सम्पदा, सरकारी भवन र स्वास्थ्य संस्था निर्माण गर्न तीन खर्ब रुपैया“ आठ अर्ब रुपैया“ रकम अभाव रहेको जानकारी दिनुभयो । प्राधिकरणका अनुसार चालु आर्थिक वर्षमा ३० अर्ब ५२ करोड रुपैया“ र अघिल्लो आर्थिक वर्षमा चार अर्ब रुपैया“ खर्च भएको छ । तर, तथ्यांकमा भने भूकम्पबाट अति प्रभावित १४ जिल्लामा ६ लाख २६ हजार ६ सय ९५ लाभग्राही मध्ये ४९ हजार ६ सय ८१ घरको पुनर्निर्माण शुरु भएको उल्लेख छ । लाभग्राही आफैले १८ हजार ६ सय ३३ वटा घर पुनर्निर्माण गरेका छन् ।।।

प्रकाशित : 25 April, 2017

प्रतिक्रिया दिनुहोस्