ग्रीनलाइफ हाइड्रोपावरको आइपीओमा ७.३७ गुणा बढी आवेदन

सहयात्रा टिभी

काठमाडौं । माघ २८, ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण शेयर (आइपीओ) मा लगानीकर्ताको ओइरो लागेको छ । ग्रीनलाइफ हाइड्रोपावरको आइपीओमा सर्वसाधारणको लागि माग गरिएको भन्दा ७.३७ गुणा बढी आवेदन परेको छ।

कम्पनीले माघ २३ गते, शुक्रबारबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर ९आइपीओ० निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि छुट्याइएको थियो ।

बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार कम्पनीको आइपीओमा मंगलबार ५ बजेसम्ममा १३ लाख ३७ हजार ९४२ जना आवेदकबाट २ करोड ३९ लाख ७६ हजार ६०० कित्ताको लागि आवेदन परेको हो ।

प्रकाशित : 10 February, 2021

प्रतिक्रिया दिनुहोस्