सुनको मूल्यमा सामान्य वृद्धि

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०४, बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले वृद्धि भएको छ । मंगलबार तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।


यस्तैगरी तेजाबी सुन तोलामा ८६ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य भने बुधबार रु १० घटेर तोलामा १२७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य तोलामा १२८० रुपैयाँमा कारोबार भएको थियो ।

 

 

 

प्रकाशित : 17 March, 2021

प्रतिक्रिया दिनुहोस्