नेप्सेमा ३ कम्पनीको शेयरमूल्य समायोजन

सहयात्रा टिभी

काठमाडौं । चैत्र १०, मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरका मूल्य समायोजन गरिएको हो ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको ५ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता २०२ रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको हो भने नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य २१२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

त्यसैगरी, डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ७ सय २० रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य एक हजार ९ सय ७८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको बताईएको छ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता २ हजार एक सय ८८ रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य २ हजार ६ सय २५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

प्रकाशित : 23 March, 2021

प्रतिक्रिया दिनुहोस्