ज्योती लाइफ इन्स्योरेन्सको आईपीओ ५ लाख ९४ हजारले पाए

सहयात्रा टिभी

काठमाडौं । चैत्र १३, ज्योती लाइफ इन्स्योरेन्सको आईपीओ ५ लाख ९४ हजारले पाएका छन् । शुक्रबार भएको बाँडफाँटबाट उक्त संख्यामा आवेदकले आईपीओ पाएका हुन् । उनीहरुको भागमा १०/१० कित्ता शेयर परेको छ ।

बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले गरेको बाँडफाँटबाट १२ लाख ३ हजार ८ सय ३५ जना भने खाली हात रहे । यस कम्पनीको आईपीओमा अहिलेसम्मकै धेरै १८ लाख ४२ हजार ४ सय ८० जनाको आवेदन परेको थियो । त्यसबाट ४४ हजार ६ सय ४५ जनाको आवेदन रद्द भएको हो । १७ लाख ९७ हजार ८ सय ३५ जनामा गरिएको बाँडफाँटबाट भाग्यशाली आवेदकले आईपीओ हात पारेका हुन् ।

ज्योती लाइफले कुल ६६ लाख कित्ता सर्वसाधारणका लागि छु्ट्याएको थियो । ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ५९ लाख ४० हजार कित्ता शेयर मात्र सार्वजनिक निष्कासनमा आईपीओमार्फत बिक्री गरिएको हो ।

प्रकाशित : 26 March, 2021

प्रतिक्रिया दिनुहोस्