आज चैते दशैँ, नवदुर्गा भवानीको पूजा गरी मनाइँदै

सहयात्रा टिभी

काठमाडौं । वैशाख ७, नवदुर्गा भवानीको पूजा आराधना गरी आज चैते दशैं पर्व मनाइँदैछ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन यो पर्व बनाउने गरिन्छ ।

चैते दशैंमा हनुमानढोकाको दशैं घरमा घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ । चैते दशैंमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ ।

अष्टमीको दिनलाई चैते दशैं र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रुमपा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिन्छ ।

प्रकाशित : 20 April, 2021

प्रतिक्रिया दिनुहोस्