काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटनाहुँदा १ जनाको मृत्यु
सहयात्रा टिभी
काठमाडौं । बैशाख १६, बुधबार राति काठमाडौंको कलंकीमा बा ६१ प १५३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

कीर्तिपुर नगरपालिका–१० बाघभैरब बस्ने ५० वर्षीय राजमान महर्जनको दुर्घटनामा गम्भीर घाइते भई नेपाल नेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।


