असोज २ गते सार्वजनिक बिदा दिन आयोगको आग्रह

सहयात्रा टिभी

काठमाडौं । स्थानीय तहको चुनावका दिन असोज २ गते निर्वाचन आयोगले सरकारलाई सार्वजनिक विदा दिन आग्रह गरेको छ । असोज २ मा हुने चुनावका लागि २ नम्बर प्रदेशका जिल्ला सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटका सबै सरकारी तथा अर्धसरकारी कार्यालय र सार्वजनिक संस्थानमा बिदा दिन आयोगले आग्रह गरेको हो ।

यसैगरी, अधिकांश मतदान केन्द्र विद्यालय तथा क्याम्पसमा रहेकाले २ नम्बर प्रदेशका जिल्लाका शैक्षिक संस्थामा भदौ २९ गतेदेखि असोज २ गतेसम्म पाँच दिन बिदा दिने व्यवस्था मिलाउन आयोगले सरकारसमक्ष आग्रह गरेको छ ।

प्रकाशित : 4 September, 2017

प्रतिक्रिया दिनुहोस्