सुनचाँदीको भाउ पुनः बढ्यो

सहयात्रा टिभी

काठमाडौं । एक दुईदिनदेखि लगातार उकालो लागेको सुनको भाउ मंगलबार पनि तोलामा ३ सय रुपैयाँले बढेको छ । आज तोलामा ३ सय रुपैयाँले बढेर तोलाको ५७ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी तोलाको ७ सय ९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रकाशित : 5 September, 2017

प्रतिक्रिया दिनुहोस्