एटिएमबाट अनाधिकृत रकम निकाल्दै गर्दा टर्कीस नागरिक पक्राउ

सहयात्रा टिभी

काठमाडौं । एटिएमबाट अनाधिकृत रुपमा रकम निकाल्ने एक टर्कीस नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एटिएमबाट पैसा निकाल्दै गर्दा ३० वर्षीय टर्कीस नागरिक इक्रिम अरम्यानकी लाई मंगलबार पक्राउ गरेको हो । ब्यूरोले पक्राउ परेका व्यक्तिको साथवाट १ हजार २ सय २५ युरो, ९ हजार ७ सय १० अमेरिकन डलर, ३३ हजार इण्डोनेशियन रुपिहा, ३४ वटा एटिएम कार्ड, चार थान मोबाइल र एक थान ल्यापटप बरामद गरेको छ । ब्यूरोले अहिलेसम्म एटिएमबाट ठगीमा चार रोमानियन, तीन टर्किस, दुई बुल्गेरियन, चार माल्दोभियन र दुई भारतीय गरी १५ जनालाई कारबाही गरिसकेको छ ।

प्रकाशित : 7 September, 2017

प्रतिक्रिया दिनुहोस्