नाप तौल विभागका तीनजना कर्मचारी घुस लिँदै गर्दा पक्राउ

सहयात्रा टिभी

काठमाडौं । नाप तौल विभागका तीनजना कर्मचारी घुस लिँदै गर्दा रङेगहात पक्राउ परेका छन् । काठमाडौंको बालाजुमा रहेको गुणस्तर तथा नाप तौल विभागका शाखा अधिकृत विकास धोजु, नायब सुब्बाद्वय दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्कालाई पाँच लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियारका प्रवक्ता जीवराम कोइरालाले जानकारी दिए । भक्तपुरको सल्लाघारीमा रहेको एउटा रेष्टुरेन्टमा ट्याक्सी मिटर जडानको विषयमा घुस लिइरहेका बेला उनीहरु पक्राउ परेका हुन् ।

प्रकाशित : 7 September, 2017

प्रतिक्रिया दिनुहोस्