बारामा आठ महिलाको मेयर पदका लागि उम्मेदवारी

सहयात्रा टिभी

बारा । स्थानिय तहको असोज २ मा हुने चुनावका लागि बारामा १६ वटा स्थानीय तहको मेयर पदका लागि आठ जना महिलाको उम्मेदवारी परेको छ । त्यस्तै, उपप्रमुखको लागि एक सय २ जना महिलाको उम्मेदवारी परेको छ । कलैया उपहानगरपालिकाको मेयरमा लागि चार जना महिला र उपमेयरमा लागि ६ जना महिलाको उम्मेदवारी परेको छ ।

त्यस्तै, जितपुर–सिमरा उपमहानगरपालिकाको उपमेयरमा नौ जना महिलाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निजगढ नगरपालिकाको मेयरमा दुई जना महिला र उपमेयरमा पाँच जना महिलाको उम्मेदवारी परेको छ । सिम्रौनगढ नगरपालिकाको उपमेयरमा आठ जना महिलाको उम्मेदवारी परेको छ ।

 

प्रकाशित : 7 September, 2017

प्रतिक्रिया दिनुहोस्